दर्ता भएका औषधि पसलहरुबाट मात्रै विउ विजन तथा पशु औषधी खरिद गर्न आग्रह
सुखड,कैलाली । जील्लाका सबै पालिकाहरुले आफ्नो पालिकामा सुचिकृत र आधिकारिक रुपमा औषधी व्यवस्था विभाग तथा औषधि व्यावसायिक संघमा दर्ता भएका औषधि पसलहरुबाट मात्रै आवश्क पर्ने विउ विजन तथा पशु औषधी खरिद गरिदिन नेपाल पशुपक्षी औषधी व्यवसायी संघ कैलाली-डोटी शाखाले आग्रह गरेको छ ।
मंगलबार नेपाल पशुपंक्षी औषधी व्यवसायी संघ कैलाली-डोटी शाखाका अध्यक्ष हरि लाल सापकोटा सहितको टोलीले कैलालीका विभिन्न स्थानीय तहमा पुगि यस्तो आग्रह गरेका हुन ।
पालीका भित्र पशुपंक्षी औषधी व्यावसाय गरि रहेका र आफ्नो पालीकामा सुचिकृत भइ आधिकारिक रुपमा औषधी व्यवस्था विभाग तथा औषधी व्यावसायिक संघ मा दर्ता भएका औषधि पसलहरु बाट कोटेशन मार्फत कृषि विउ विजन तथा पशु औषधी खरिद गरिदीन आग्रह गरिएको हो ।
पछिल्लो समय पालीकाहरुलाइ आवश्क पर्ने कृषि विउ विजन तथा पशु औषधी खरिद गर्दा बाहिर बाट खरिद गर्ने गरेको तथा कृते विलहरु वनाइ कर्मचारी बाटै ठुलो रुपमा आर्थिक चलखेल हुने गरेको भन्ने कुरा सुन्नमा आएको हुदा, आफुहरुले गर्न खोजेको कार्यले बीउ र औषधि खरिद प्रक्रियामा नियन्त्रण गर्न सहयोग पुग्ने र पालीका भित्रै पशुपंक्षी औषधी व्यावसाय गर्दै आइरहेकालाइ पनि प्रत्यक्ष फाइदा हुने, संघका कैलाली-डोटी शाखाका अध्यक्ष सापकोटाले बताए ।
कैलालिका सबै पालिका प्रमुखहरु बाट राम्रो प्रतिक्रिया पाएको हुँदा आफुहरुले अगाडी बढाएको यस कार्यले पुर्णता पाउने नेपाल पशुपंक्षी औषधी व्यावसायी संघ कैलाली-डोटी शाखाका अध्यक्ष हरिलाल सापकोटाले विश्वास समेत व्यक्त गरे ।