बँदेललाई थापेको विद्युतीय धरापमा परेर युवकको मृत्यु, शव गाड्ने ५ जना पक्राउ - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

बँदेललाई थापेको विद्युतीय धरापमा परेर युवकको मृत्यु, शव गाड्ने ५ जना पक्राउ



बुटवल ।बँदेल मार्न थाप्को विद्युतीय धरापमा परेर मृत्यु भएका एक ब्यक्तिको शब गाड्ने र घटना लुकाउन खोज्ने पाँच जनालाई प्रहरीले पक्राउ गरी सार्बजनिक गरेको छ ।

बैशाख १ गते राति तिलोत्तमा नगरपालिकाको वडा नम्वर ११ स्थित जंगलमा बदेल मार्न थापिएको बिद्युतिय धरापमा परी स्थानीय ४० वर्षिय मीनबहादुर गौतमको मृत्यु भएपछी बिद्युतिय धराप थाकेका ५ जानाले गौतमको शव घटनास्थल भन्दा करिव ४ किलोमिटर टाढा देवदहको जंगलमा लगि खाल्टो खनि गाडेका थिए ।
गौतम ७ दिनसम्म घरमा नआएपछी घर परिवारले प्रहरीमा निबेदन दिएका थिए र प्रहरीले अनुसन्धानका क्रममा गौतमको बदेल मार्न थापेको धरापमा परी मृत्यु भएको खुलेको हो ।

बदेल मार्न धराप थाप्ने र गौतमको मृत्यु भएपछी शव गाड्ने कार्यमा संलग्न भएको अभियोगमा प्रहरीले तिलोत्तमा नगरपालिका ११ भूपू सैनिकटोलका २६ वर्षका उपेन्द्र शाह, ३५ वर्षका नरबहादुर पुन, ३५ वर्षकै चन्द्रबहादुर थापा, २८ वर्षका कृष्ण राना र ४० वर्षका अमर पुनलाई पक्राउ गरी आज इलाका प्रहरी कार्यालय बुटवलमा सार्बजनिक गरेको छ ।