फेरि भूकम्प : बिहानदेखि तीन झट्का - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

फेरि भूकम्प : बिहानदेखि तीन झट्का



काठमाडौं : धादिङ केन्द्र भएर बुधबार तीन पटक भूकम्प गएको छ। बिहान दुई र दिउँसो एकपटक काठमाडौं र आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस भएको हो।

बिहान ६ बजेर २९ मिनेट जाँदा  धादिङको नौबिसे केन्द्रविन्दु भएर पहिलो पटक  ५.२ म्याग्निच्यूडको भूकम्प गएको थियो। त्यसलगतै सोही केन्द्रबिन्दु भएर  ६ बजेर ४० मिनेट जाँदा ४.३ म्यानिच्यूडको भूकम्प  गयो।

त्यसैगरी दिउँसो ३ बजेर ५ मिनेट जाँदा ३.९ म्यान्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। २०७२ वैशाख १२ गते गोरखा बारपाक केन्द्रविन्दु भएर  ७.८ म्याग्निच्यूड भूकम्प गएको ४ वर्ष पुग्न एकदिन बाँकी हुँदा  भूकम्प गएको हो।

खानी विभागका महानिर्देशक तथा भूकम्पविद् डा. सोमनाथ सापकोटाले वैशाख १२ कै अघिल्लो दिन भूकम्प आउनु  संयोग मात्रै भएको बताए। यो नयाँ भूकम्प नभएको र चार वर्षअघिकै भूकम्पको परकम्प  भएको सापकोटाले जानकारी दिए।

ठूलो भूकम्प गएको वार्षिकी आउनै लाग्दा लगातार भूकम्पका दुई ठूला धक्का महसुस गरिएपछि पुनः ठूलो भूकम्प जाने होकी भनेर सामाजिक सञ्चालमा चर्चा चलेको छ।