इन्धनको मूल्य घट्यो - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

इन्धनको मूल्य घट्यो



काठमाडौं । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय उडानतर्फ हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर ७५ अमेरिकी डलरले घटाएको छ ।

निगम सञ्चालक समितिको सोमबार बसेको बैठकपछि जारी गरिएको प्रेस विज्ञप्तिमा हवाई इन्धनको मूल्य घटाउने निर्णय गरेको र घटाइएको दर बुधबारदेखि लागू हुने जनाइएको छ ।

मूल्य घटाएपछि हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर एक हजार ५० अमेरिकी डलर कायम भएको छ । यसअघि प्रतिकिलोलिटर एक हजार १२५ अमेरिकी डलर रहेको थियो ।