डडेल्धुरामा जन्ती बोकेको गाडी दुर्घटना - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

डडेल्धुरामा जन्ती बोकेको गाडी दुर्घटना



डडेल्धुरा : डडेल्धुराको अजयमेरु गाउँपालिका ६ मा जन्ती बोकेको जिप दुर्घटना हुँदा नौजना घाइते भएका छन्।

महेन्द्रनगरबाट जन्ती बोकेर अजयमेरु गाउँपालिका-६ बलाना आइरहेको म १ ज ६४४ नम्बरको बलेरो जिप बलनामा दुर्घटना भएको हो। घाइते नौ मध्ये तीनजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको छ।

प्रहरीका अनुसार मोडमा जिप ब्याक गर्ने बेला सडकबाट करिब ५० मिटर तल खसेको थियो। दुघर्टनाका घाइतेको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ। दुलाहा दुलही भने अर्को वाडीमा सवार थिए।

फाइल तस्बिर