दाङमा क्याम्पस प्रमुखलाई विद्यार्थीले थुने - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

दाङमा क्याम्पस प्रमुखलाई विद्यार्थीले थुने



दाङ : दाङको एक सामुदायिक क्याम्पसका प्रमुखलाई बिद्यार्थीहरुले कार्यकक्षमै थुनेका छन्  राजनीतिक भागबण्डा नमिलाएको भन्दै सत्तासिन दल नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीले कार्यकक्षभित्र थुनेका हुन्।

दाङको तुलसीपुरमा रहेको राप्ती बबई क्याम्पसका क्याम्पस प्रमुख युवराज रावतलाई कार्यकक्षभित्रै ताला लगाएर मंगलबार थुनेको क्याम्पस प्रशासनले जनाएको छ।९ गते दिउँसो क्याम्पस प्रमुखलाई ज्ञापनपत्र बुझाउँदै १० बुँदे माग राखिएको थियो।क्याम्पसमा सहायक क्याम्पस प्रमुख नियुक्त भएपछि अनेरास्ववियुले राजनीतिक सहमति अनुसार नेकपा निकटको व्यक्तिलाई सहायक क्याम्पस प्रमुख नियुक्त गर्नु पर्ने र त्यसो नभएको भन्दै विरोध गर्दै आएको थियो।

सहायक क्याम्पस प्रमुखको नियुक्तिमा हेरफेर गर्ने दबाब दिँदै २४ घण्टे अल्टिमेटम दिइ ज्ञापन बुझाइएको क्याम्पस प्रमुख रावतले बताए। ज्ञापनपत्रमा ९ बुँदामा अलिहेको प्रशासनसँग राजनीतिक सहमति र सहकार्यअनुसार अघि बढने सहमति भएपनि सहमति विपरित एकलौटी ढंगले अगाडी बढेकाले तत्काल त्यस्ता कार्य सच्याई सहमति कार्यान्वयन गर्नुपर्ने उल्लेख गरिएको छ।