नयाँ शक्तिले युवा शक्तिहरुलाई अगाडी बढाउने प्रयास गरेको छ:पौडेल - Himal Post Himal Post
  • २ असार २०८३, मंगलवार
  •      Tue Jun 16 2026
Logo

नयाँ शक्तिले युवा शक्तिहरुलाई अगाडी बढाउने प्रयास गरेको छ:पौडेल



दिल्ली, २६ मंसिर ।

आजबाट दिल्लीमा सुरु भएको अन्तराष्ट्रिय नेपाली समाज, भारतको पहिलो कार्यकर्ता भेलाको उद्घाटन नेता तथा नयाँ शक्ति नेपालका पार्षद देवेन्द्र पौडेलले गरेका छन् । उनले भेलालाई सम्बोधन गर्दै  ‘नयाँ शक्तिले युवा शक्तिहरुलाई अगाडी बढाउने प्रयास गरेको छ र युवाहरुले पनि वास्तविकतालाई बुझेर मात्र राष्ट्रहित र आर्थिक संम्बृद्धको बाटो अवलम्बनु गर्नु आजको आवश्यकता भएको बताएका छन् ।

समाजका केन्द्रीय संयोजक मोहन राउतको अध्यक्षतामा भएको सो भेलामा भारतका १५ राज्यहरुबाट ४ सय बढी कार्यकर्ताहरु दिल्लीमा भेला भएका थिए  ।15401339_1489093001118188_376070637_n

पार्षद कृष्णराज गैरेको  स्वागत मन्तव्य रहेको  सो कार्यक्रममको संचालन प्रेम न्यौपानेले गरेका थिए  ।

कार्यक्रममा अखिल भारत नेपाली एकता समाजका संस्थापक सदस्य राजु नेपाली, पदम बहादुर राना र नयाँ शक्ति नेपाल, केन्द्रीय सचिवालयका सदस्य प्रविण मिश्रा बीबी खराल (कतार संयोजक)ले पनि सम्बोधन गरेका थिए । भेलाले बादल बस्नेतको संयोजकत्वमा भारत भरी छरिएर रहेका विद्यार्थीहरुकको संगठन समेत निर्माण गरेको छ । भेलामा हरियाणाबाट प्रकाश नेपाली, दिल्लीबाट रमेश शर्मा, पञ्जावबाट प्रेम घताने, कर्नाटकबाट राजेश रावल, गोवाबाट लोकेन्द्र शेर्पाईली, महाराष्ट्रबाट लाल सिंह बिक लगायतका दर्जनौ प्रवासी नेता तथा कार्यकर्ताहरुको नेतृत्वमा समाजका सैयौ कार्यकर्ताहरु दिल्लीमा भेला भएका छन् ।ins-1

अन्तर्राष्ट्रिय नेपाली समाज, भारत नयाँ शक्ति नेपालको भारत स्थित भगिनी संस्था हो । भेलामा संयोजक डा. बाबुराम भट्टराई पनि आउने भनी प्रचार गरिए पनि मुलुकको बदलिंदो राजनीतिक अवस्थाका कारण अन्तिम समयमा डा. भट्टराई दिल्ली आउन नसकेको समाजका कार्यकर्ताहरुले बताए । आज उद्घाटन शत्र सम्पन्न भएको समाजको कार्यकर्ता भेला भोलीसम्म जारी रहने छ ।15327454_759822664169377_2847420153441743760_n

सोहि अवसरमा विप्लव माओवादी र केन्द गरि करिब १५ जना केन्दीय सदस्यले नया शक्तिमा प्रवेस गरेको स्रोतले हिमाल पोस्टलाई जनाकारी दिएको छ ।