हसनपुर–स्याउले तत्काल कालोपत्रे गर्न पुर्व मन्त्री भट्ट र सोडारीको माग - Himal Post Himal Post
  • ५ श्रावण २०८३, मंगलवार
  •      Tue Jul 21 2026
Logo

हसनपुर–स्याउले तत्काल कालोपत्रे गर्न पुर्व मन्त्री भट्ट र सोडारीको माग



मुख्यमन्त्रीलाई ध्यानाकर्षण

धनगढी, कैलाली । कैलाली निर्वाचन क्षेत्र नम्बर ४ का सांसदहरुले धनगढी हसनपुर देखी स्याउले बजार सडक कालोपत्रेको माग गर्दै सुदुरपश्चिमका मुख्य मन्त्री त्रिलोचन भट्टलाइ ध्यानाकर्षण गराएका छन् । प्रदेश सभा सदस्य तथा पुर्व मन्त्री दीर्घ बहादुर सोडारीको नेतृत्वमा स्थानीय सहीतको टोलीले ज्ञापनपत्र बुझाएको हो ।

सडकमा खाल्डाखुल्डी, धुलो, आवश्यक चौडाइ नभएकोले त्यहा बाट आवतजावत गर्नमा अत्यन्तै कठिनाई भएकाले चालु आर्थिक बर्ष भित्रै सडक कालोपत्रे गराउन दवावका लागि ध्यानाकर्षण गराएको पुर्व मन्त्री सोडारीले बताए ।

पुर्व मन्त्री तथा संघिय सांसद लेखराज भट्ट, प्रदेश सभा सदस्य चुनकुमारी चौधरी, नेकपाका प्रदेश सदस्य उद्धव भट्टराई, पुर्वमन्त्री भट्टका स्वकिय सचिब हितेश ओझा, स्थानीय खडक बम, गजाधर सापकोटा लगाएतको हस्ताक्षर सहीत ध्यानाकर्षणपत्र बुझाएको हो ।

अत्तरीया मोहना ६ लेन सडकको निर्माण भैरहेको बेला हसनपपुर स्याउले सडकखण्ड लाई बैकल्पीक ४ लेनको सडकको रुपमा विस्तार गर्नुपर्ने माग गरेका छन् । ध्यानाकर्षण पत्र बुझ्दै मुख्यमन्त्री भट्टले सो सडकको लागत स्टीमेट तयार भैसकेको र चालु आर्थिक बर्ष भित्रै प्रक्रिया अघि बढाइने बताए ।