गुण्डा नाइके एवम् कांग्रेस रेसुङ्गा नगरपालिका–८ का सभापति श्रीश तम्घासबाट पक्राउ - Himal Post Himal Post
  • ५ श्रावण २०८३, मंगलवार
  •      Tue Jul 21 2026
Logo

गुण्डा नाइके एवम् कांग्रेस रेसुङ्गा नगरपालिका–८ का सभापति श्रीश तम्घासबाट पक्राउ



गुल्मी । गुल्मीको सदरमुकाम तम्घास बजारलाई आधार क्षेत्र बनाएर गुण्डागर्दी गर्ने रमेश श्रीशलाई प्रहरीले पक्राउ गरेको छ ।

शुक्रबार राती १० बजे रेसुङ्गा नगरपालिकाको भिमचोकस्थित एक होटेलमा जबरजस्ती प्रवेश गरेर खाना खाइरहेका पाहुना तथा महिलाहरुमाथि अभद्र व्यबहार गरिएको हो ।

गुल्मी प्रहरी प्रमुख एसपी दिपककुमार बस्नेतका अनुसार शनिबार साँझ तम्घासबाट पक्राउ परेका श्रीशलाई जिल्ला प्रशासन कार्यालय गुल्मीबाट म्याद थपी अनुसन्धान शुरु गरिएको छ ।

पक्राउ परेका श्रीस नेपाली कांग्रेस रेसुङ्गा नगरपालिका–८ का सभापति समेत हुन् । उनी एक बर्ष अगाडी आफ्नै घरमा संचालित जुवाखालबाट पक्राउ परेका थिए ।

सन्की स्वभावका उनलाई छुटाउन गुल्मीका केही कांग्रेस नेताहरु जिल्ला प्रहरी कार्यालयमा धर्ना दिन पुगेका थिए ।