वैज्ञानिक शिक्षा प्रणाली आजको आवश्यकता :काँग्रेस महामन्त्री कोईराला - Himal Post Himal Post
  • २ असार २०८३, मंगलवार
  •      Tue Jun 16 2026
Logo

वैज्ञानिक शिक्षा प्रणाली आजको आवश्यकता :काँग्रेस महामन्त्री कोईराला



हिमाल पोस्ट / स्याङ्जा

श्री राम मन्दिर मा.बि.मल्याँङ्कोट स्याङ्जाको ४२ औँ वार्षिक उत्सब अभिभावक दिवस तथा नव निर्मीत भवनको समुद्घाटन समारोहमा  नेपाली काँग्रेसका महामन्त्री डा.सशांक कोइराला उपस्थित भएका थिए  थिए ।15451246_736149149874882_763310366_n

सो अवसरमा प्रमुख अतिथि डा कोइराला ले बिध्यालय का अभिभावक विद्यार्थी हरू र उपस्थित जन समुदाय लाई सम्बोधन गर्दै वैज्ञानिक शिक्षा प्रणाली आजको आवश्यकता रहेको बताएका थिए  ।15424527_736149166541547_61497824_n

जनता के चाहन्छन त्यो ठुलो कुर हो जनताको चाहना अनुसार हामी चल्न सक्यौ भने राष्ट्र समृद्धि तिर उन्मुक्त हुन्छ भन्दै डा कोइरालाले देश विकासमा सबैलाई एकजुट हुन अनुरोध गर्नु भयो ।15423527_736149129874884_197740355_n

संविधान संशोधनको विषयले निकै चर्चा पाउदै गर्दा  कोईराला भन्छन “जनताको चाहाना विपरीत होइन अहिले पाँच नम्बर परदेश का जनताहरू प्रदेश टुक्राउन पाइदैन भनेर आन्दोलन गरिरहेका छन् त्यस्तै अरू प्रदेशका जनताहरूले पनि आवज उठाएका छन् त्यतातिर हाम्रो ध्यान किन जान सकेको छैन भन्दै जनताको भावना बुझ्न सम्पूर्ण दलका नेताहरूलाई समेत सुझाव दिएका थिए ।”

विद्यालयको वार्षिक उत्सवमा नेपाली काँग्रेस का केन्द्रीय सदस्य एवं माननीय सांसद धनराज गुरुन , नेपाली काँग्रेस स्याङ्जा का सभापति एवं सांसद कमल पनगेनी , माननीय सांसद राजु थापा , माहा समिति सदस्य भोज राज अर्याल , महिला सङ्घ स्याङ्जा कि सभापति कल्पना तिवारी ,माहाधिबेशन प्रतिनिधि गोविन्द रानाभाट , चर्चित लोक दोहोरी गायक शिव हमाल लगायत्का बक्ताहरुले शुभकामना प्रदान गरेका थिए ।

मल्याँङ्कोट सेखाम चिन्नेबास क्याक्मीका नेपाली काँग्रेस नेकपा एमाले नेकपा माओवादी केन्द्रका पार्टी प्रतिनिधि ज्यूहरूले ज्याग्दीको पहिचान मेटाउन खोजेको भन्दै ज्याग्दी गाँउपालिका निर्माणको माग गर्दै ज्ञापन पत्र बुझाएका थिए ।