सूचनाको हक र पत्रकार आचारसंहिता सम्बन्धी दुई दिने तालिम सुखडमा सुरु - Himal Post Himal Post
  • ५ श्रावण २०८३, मंगलवार
  •      Tue Jul 21 2026
Logo

सूचनाको हक र पत्रकार आचारसंहिता सम्बन्धी दुई दिने तालिम सुखडमा सुरु



विशाल पाण्डेय / सुखड ,कैलाली ।

सूचनाको हक र पत्रकार आचारसंहिता सम्बन्धी तालिम शनिबारबाट जिल्लाको घोडाघोडी नगरपालिका -१ सुखडमा सुरु भएको छ । नेपाल पत्रकार महासंघ, सुदूरपश्चिम प्रदेशको आयोजनामा सुरु भएको तालिम दुई दिनसम्म चल्ने छ ।

नेपाल पत्रकार महासंघ, सुदूरपश्चिम प्रदेशका अध्यक्ष अर्जुन शाहको अध्यक्षतामा सुरु भएको तालिमको उद्घाटन कार्यक्रममा प्रमुख अथिती घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममता प्रसाद चौधरी रहेका थिए ।

प्रमुख अथितीको आसनबाट बोल्दै घोडाघोडी नगरपालिकाका नगर प्रमुख चौधरीले पत्रकारहरुले मर्यादित बनेर सत्य तथ्य बुझेर मात्र समाचार प्रकाशन गर्नु पर्ने बताए । समाजमा भएका सुक्ष्म कुराहरुलाई समाचारको माध्यमबाट बाहिर ल्याइ कसैको जीवन तथा समाज सुधार तर्फपनि कलम चलाउन पर्ने बताए । उनले भने, अहिले पृत पत्रकारिता मौलाउदै गएको छ , बदला लिन तथा आफ्नो फाइदाको लागि मात्र पनि पत्रकार पेशामा लाग्ने हुँदा पत्रकारिता जगतलाई बदनाम गरिरहेको छ ।”

नगर प्रमुख चौधरीले पत्रकारिताको ब्यावसायिक हितका लागि स्थानिय सरकारले पहल गरिरहेको र आगामी दिनमा पनि नगरपालिकाको सहयोग रहने प्रतिबद्धता जनाएका छन् । त्यस्तै घोडाघोडी नगरपालिकाका उप प्रमुख थापाले सत्य तथ्य बुझेर मात्र पत्रकारहरुले कलम चनाउन आग्रह गरिन । उनले नगर क्षेत्रमा भएका नकारात्मक कुराहरु मात्र नभइ सकारात्मक कुराहरुलाई पनि जनमानसमा पुर्‍याउनु पर्ने बताइन् ।

त्यस्तै कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ, सुदूरपश्चिम प्रदेशका अध्यक्ष अर्जुन शाहले समाचारको मुटु तथ्य मात्र रहेको बताउदै विचार विश्लेषणहरु समाचारमा बिषयहरु भित्र नपर्ने र पत्रकारहरुले अधिकार मात्र नभई आफ्नो कर्तब्यप्रति पनि जिम्मेवार हुनुपर्ने बताए ।

नेपाल पत्रकार महासंघ, सुदूरपश्चिम प्रदेशका महासचिव योगेश रावलको स्वागत मन्तव्य सङ्गै सुरु भएको कार्यक्रमको सञ्चालन महासंघका महिला उपाध्यक्ष चाँदनी आचार्यले गरेकी थिइन् । घोडाघोडी नगरपालिकाको आर्थिक सहयोग रहेको उक्त तालिमको पहिलो दिनमा नेपाल पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष विपुल पोख्रेलले पत्रकार आचार संहिताको बारेमा प्रशिक्षण गराएका थिए ।