तनहुँमा जीप दुर्घटना,८ घाईते - Himal Post Himal Post
  • ५ श्रावण २०८३, मंगलवार
  •      Tue Jul 21 2026
Logo

तनहुँमा जीप दुर्घटना,८ घाईते



दमौली : तनहुँ भिमाद नगरपालिका २ जुकेपानीमा जीप दुर्घटना हुँदा आठजना घाइते भएका छन् ।

भिमादबाट आधामारातर्फ जाँदै गरेको ग १ ज ६५२५ नम्बरको जीप सडकबाट करिब १५ मिटर तल खोलामा खसेको छ ।

दुर्घटनाका घाइते सबैको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनीहरुको अवस्था खतरामुक्त रहेको प्रहरीको भनाइ छ ।फाईल तस्विर