जबर्जस्ती करणीको प्रयासमा वडा सचीव पक्राउ - Himal Post Himal Post
  • ५ श्रावण २०८३, मंगलवार
  •      Tue Jul 21 2026
Logo

जबर्जस्ती करणीको प्रयासमा वडा सचीव पक्राउ



विशाल पाण्डेय / सुखड,कैलाली ।

१२ वर्षिया वालिकालाई जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा कैलालीका एक वडा सचीव पक्राउ परेका छन् ।

जिल्लाको मध्यवर्ती क्षेत्रमा रहेको घोडाघोडी नगरपालिका -४ का वडा सचीव यज्ञ राज आचार्यलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।

शुक्रबार राति करिब ११:३० बजे सोही वडामा रहेको बालिकाको घरमा गएर सचिव आचार्यले आमासँग झगडा गरेर १२ वर्षीया सावित्रा (नाम परिवर्तन) लाई जबरजस्ती गर्न खोजेपछि स्थानीयले नियन्त्रणमा लिएको र शनिबार बिहान मात्र प्रहरीको टोलिले पक्राउ गरि ल्याएको इलाका प्रहरी कार्यलय सुखडका प्रमुख यक्षराज जोशीले जानकारी दिए।

बालिका माथि गालीगलौज गर्नुका साथै हातपात गर्न खोजेको भन्दै बालिकाका काकाको निवेदन दिएपछि वडा सचिव आचार्यलाई नियन्त्रणमा लिएको र घटना बारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यलय सुखडका प्रमुख जोशीले हिमाल पोस्टलाई जानकारी दिए ।

यसअघि पनि पटक पटक अन्य महिलाहरुसंग अनैतिक क्रियाकलाप गरेको भन्दै वडा सचीव आचार्यलाई नियन्त्रणमा लिइ प्रहरीकोमा जिम्मा लगाएको वडा नं ४ का एक स्थानीयले बताए ।