प्रधनमन्त्री ओलीलाई कालोझण्डा देखाई रहदा सुरक्षा निकाय किन मौन ?

बुटवल – जितगढी विजयी उत्सव कार्यक्रमलाई सम्बोधन गर्न पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई शनिवार बुटवलमा कालोझण्डा अर्घाखाँचीका एक युवाले कालो झण्डा देखाएका छन् ।
कालो झण्डा देखाई रहदा सुरक्षा निकाय भने मौन देखिएको थियो ।प्रधानमन्त्रीले नै सम्बोधन रोकेर कालोझण्डा देखाइराखेको छ, के हरेर बस्या छ सुरक्षा निकाय ? भनेपछि मात्रै प्रहरीले उनलाई समातेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै गरेका प्रधानमन्त्री ओलीलाई एक युवाले कार्यक्रम स्थल प्रवेश गरेर कालोझण्डा देखाएका हुन् ।
मञ्च भन्दा झण्डै ५० मिटर अगाडि एक्कासी प्रवेश गरी अर्घाखाँचीका रुद्र घिमिरे ‘उजिरसिंह जिन्दावाद, हाम्रो देश प्राणभन्दा प्यारो छ’ भन्दै कार्यक्रम स्थलमा प्रवेश गरेका थिए ।

