अभिनेता सैफ अली खान दुई वर्षको छोराका कारण तनावमा - Himal Post Himal Post
  • ५ कार्तिक २०८१, सोमबार
  •      Mon Oct 21 2024
Logo

अभिनेता सैफ अली खान दुई वर्षको छोराका कारण तनावमा



मुम्बई – अभिनेता सैफ अली खान आफ्नो दुई वर्षको छोरा तैमुरका कारण बेलाबेलामा तनावमा आउनुपर्ने अवस्था आउँछ । मिडियाले उनको बच्चालाई गरेको ‘पिछा’ ले सैफलाई वाक्क बनाइसकेको छ । सैफका अनुसार तैमुरलाई यसरी पिछा गर्न जरुरी नै छैन ।

हालै भारतको एअरपोर्टमा तैमुरको अत्यधिक तस्वीर लिएपछि सैफले बोले, ‘बन्द गर्नुस्, बच्चा दृष्टिविहीन होला ।’

त्यसको केही दिनपछि प्रहरीले सैफ–करीनाका घरका बाहिर फोटोपत्रकारको भीडलाई तितर–बितर बनाएका थिए । यो घटनापछि धेरैले अनुमान लगाएका थिए, सैफले प्रहरीमा उजुरी समेत गरेका छन् । सैफका अनुसार पत्रकारका कारण उनको जीवनमा पनि समस्या परिरहेको छ ।

सैफले फोटोपत्रकारको भीडलाई बेलाबेलामा भन्ने गर्छन् – प्लीज तैमूरलाई पिछा गर्न छोड्दिनुस् । ऊ कोही स्टार होइन, एक सामान्य बच्चा हो ।

यता सैफकी पत्नी करीना कपूर पनि तैमुरलाई लिएर निकै चिन्तित हुन थालेकी छिन् । सैफ–करीनाले बच्चालाई सामान्य जीवन दिन चाहन्छन् तर जहाँ पुग्यो, त्यहीँ मिडियाले पिछा गर्न आइपुग्छन् ।