दिल्लीबाट काठमाडौं आउँदै गरेको बसमा ठूलो मात्रामा बिष्फोटक पदार्थ फेला - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

दिल्लीबाट काठमाडौं आउँदै गरेको बसमा ठूलो मात्रामा बिष्फोटक पदार्थ फेला



काठमाडौं– भारतको नयाँ दिल्लीबाट काठमाडौं आउँदै गरेको बसमा ठूलो मात्रामा बिष्फोटक पदार्थ भेटिएको छ ।

सशस्त्र प्रहरी बल बेस क्याम्प डुडेझारी कैलालीले शुक्रबार राति करिब १२ः४५ बजेतिर ना५ख ७२४५ नम्बरको बसबाट बम बनाउन प्रयोग हुने सामान बरामद गरेको हो ।

बसबाट बम र अन्य हतियार बनाउन प्रयोग हुने डिटोनेटरसहित ल्यापटप दुई थान, रेडिमेड कपडा, बेल्ट लगायतका सामाग्रीहरु बरामद भएको बेस क्याम्पका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक ९डिएसपी० नेत्र केसीले जानकारी दिए ।

सशस्त्र प्रहरी बलका डिएसपी केसीले बसबाट बरामद गरिएका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलालीलाई बुझाउने तयारी गरिएको जानकारी दिए ।