मलेम्चीको समस्या कसरी हुन्छ समाधान ? यसो भन्छिन बिना मगर - Himal Post Himal Post
  • २९ पुष २०८१, सोमबार
  •      Mon Jan 13 2025
Logo

मलेम्चीको समस्या कसरी हुन्छ समाधान ? यसो भन्छिन बिना मगर



काठमाडौं– खानेपानी मन्त्री बिना मगरले मेलम्ची खानेपानी आयोजनाको बाँकी काम अघि बढाउन देखिएको समस्या छिट्टै समाधान हुने बताएकी छन् ।

मन्त्री मगरले मेलम्ची खानेपानी आयोजनाको उचित व्यवस्थापन हुनेगरी अन्य कामलाई अघि बढाउन पनि मातहतका निकायलाई सचेत गराइन् ।

बिहीबार काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १४ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले काठमाडौं उपत्यकामा रहेका ढुंगेधारा, तलाउ, पोखरीहरुको संरक्षणको काममा जुटन पनि मातहतको निकायलाई निर्देशन दिइन् ।

मन्त्री मगरले काठमाडौं उपत्यकामा खानेपानीको व्यवस्थापनको काममा खटिएका निकायहरुले त्यसको त्यसको सदुपयोग भए÷नभएको विषयमा पनि विशेष निगरानी राख्नुपर्ने बताइन् ।

कार्यक्रममा बोल्दै खानेपानी मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले गुणस्तरीय खानेपानीको व्यवस्थापन हुने गरी आवश्यक मापदण्डसहितको कानून निर्माणको कामलाई अघि बढाइएको बताए । जनताको स्वच्छ पानी पिउने अधिकारलाई सुरक्षित गराउन आवश्यक प्रविधि भित्र्याउनुपर्नेमा सचिव शर्माको जोड थियो ।

सचिव शर्माले सन् २०३० भित्र ९० प्रतिशत जनताले उच्च तथा मध्यमस्तरको खानेपानी पिउन पाउनुपर्ने दीगो विकास लक्ष्य हासिल गर्न सरकार प्रतिवद्ध रहेको पनि बताए ।