नवलपरासीमा फेरी बम विस्फाेट
नवलपरासी । प्रतिबन्धित नेकपाले आह्वान गरेको बन्दको क्रममा पूर्वी नवलपरासीमा आज पनि बम विष्फोट भएको छ ।
पूर्वी नवलपरासीको सदरमुकाम कावासोतीको इन्द्रचोकमा बिहीबार बिहान साढे १० बजे बम विष्फोट भएको हो ।
विस्फोट गराइएको स्थान जिल्ला प्रहरी कार्यालयबाट ४ सय मिटरको दूरीमा रहेको छ । विष्फोटबाट कुनै मानवीय तथा भौतिक क्षति भने भएको छैन ।
बन्दको पूर्वसन्ध्यामा बुधबार नवलपरासीको दुम्कौलीस्थित चौधरी ग्रुपको उद्याग ग्रामनजिकै बम विस्फोट गराइएको थियो । फाइल तस्बिर