टुँडिखेल पनि नामसारी गर्ने मिसनमा ओली सरकार : नेता महर - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

टुँडिखेल पनि नामसारी गर्ने मिसनमा ओली सरकार : नेता महर



काठमाडौँ -नेविसंघका निवर्तमान अध्यक्ष एवं काँग्रेस नेता नैनसिंह महरले वर्तमान कम्युनिस्ट सरकार बालुवाटारमात्रै होइन टुँडिखेल समेत कब्जा गर्न लागेको आरोप लगाएका छन ।

उनले कम्युनिष्टहरुलाई सत्तामा पुगेर अकुत सम्पति कमाएर पनि नपुगेपछि नेता र कार्यकर्ताको नाममा टुँडिखेल पनि नामसारी गर्ने मिशनमा रहेको बताएका छन्  । महरले कम्युनिष्टहरुको समाजबाद र कम्युनिज्मको अर्को पाटो उदांगो भएको पनि बताए ।

टिकापुर काँग्रेसको आयोजनामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै नेता महरले नेकपाका महासचिव विष्णु पौडेलले वालुटारको जग्गा मात्रै आफ्नो नाममा पास गरेनन् कि जग्गा माफियासँग मिलेर दसौँ करोड रुपैयाँ  अवैध काम गरे बापत नेकपा पार्टीलाई बुझाएको तथ्य बाहिर आउनुले नेकपा र कम्युनिष्ट सरकारनै  संस्थागत भ्रष्टाचारमा लुप्त रहेको ठोकुवा गर्न सकिन्छ उनले भने ।

एक अर्को प्रसङ्गमा महरले  शैक्षिक माफिया देखि जग्गाका दलालका माफिया सम्म केपी ओली नेतृत्वको कम्युनिस्ट सरकारको संरक्षणमा रहेकोले यसको भण्डाफोर गर्न देशभरका युवा विद्यार्थी आन्दोलित हुनु पर्ने समय आईसकेको पनि बताए ।