हुरीबतास र चट्याङबाट ३ दिन सतर्क रहन सरकारको आग्रह - Himal Post Himal Post
  • ३ श्रावण २०८३, आईतवार
  •      Sun Jul 19 2026
Logo

हुरीबतास र चट्याङबाट ३ दिन सतर्क रहन सरकारको आग्रह



काठमाडौं- सरकारले देशभरी हावाहुरीबाट सतर्क रहन सबैलाई अपिल गरेको छ।

सरकारको राष्ट्रिय विपद केन्द्रले मंगलबार सामाजिक सञ्‍जाल फेसबुकमा सूचना जारी गर्दै हावा हुरी र चट्याङ ३ दिनसम्‍म आउन सक्‍ने भएकाले यसबाट बच्‍न सबैमा अपिल गरेको हो।

अपिलमा भनिएको छ, ‘देशैभरी सामान्‍यदेखि पूर्ण बदली रही पश्चिमी क्षेत्रका अधिकांश क्षेत्रहरुमा तथा पूर्वी तथा मध्‍य क्षेत्रका थोरै स्थानहरुमा चट्यायाङ तथा हुरी बताससहित हल्कादेखि मध्‍यम वर्षा र असिना पानीको सम्भावना छ।’