पूर्वराजाको होटल प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

पूर्वराजाको होटल प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने



नेपालगन्ज – पूर्वराजा ज्ञानेन्द्र शाहको समेत लगानी रहेको नेपालगन्जस्थित सोल्टी होटलको उद्घाटन प्रधानमन्त्री केपी ओलीले गर्ने भएका छन्।

वैशाख ३ गते आयोजना हुने विशेष समारोहबीच होटलको प्रधानमन्त्रीले उद्घाटन गर्ने कार्यक्रम छ। त्यसका लागि विशेष सुरक्षा व्यवस्थासहित भव्य तयारी गरिएको छ। प्रमुख अथिति प्रधानमन्त्री ओली भन्दै निमन्त्रणा कार्डसमेत वितरण गरिएको छ। मंगलबार हेलिकप्टरमा प्रधानमन्त्री ओली त्यहाँ जाने कार्यक्रम छ।

संचालनमा आएको यो होटेलमा ज्ञानेन्द्र पटकपटक गएर बसिसकेका छन्। त्यहाँ रहेर पूर्व राजा ज्ञानेन्द्रले राजनीतिक परामर्शसमेत गर्दै आएका थिए। काठमाडौंमा होटल सोल्टी क्राउनप्लाजा सञ्चालन गरिरहेको सोल्टी होटल लिमिटेडकै लगानीमा नेपालगन्जमा उक्त होटल सञ्चालनमा आएको हो।

होटलका प्रबन्ध निर्देशक इन्द्र खड्काका अनुसार उक्त होटलमा स्वीट रूमसहित कुल ८४ कोठा रहेका छन्।