राष्ट्रपति भण्डारी चिन जाँदै - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

राष्ट्रपति भण्डारी चिन जाँदै



काठमाडौंः अप्रिल २५ तारिख (वैशाख १३ गते) बेइजिङमा हुन लागेको दोस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेसनल कोअपरेसनको सम्मेलनमा भाग लिन यही वैशाख ११ गते राष्ट्रपति विद्यादेवी भण्डारी चीन जाने भएकी छन् ।

भ्रमणका क्रममा व्यापार तथा पारवहन सम्झौताको प्रोटोकलमा पनि नेपाल र चीनबीच हस्ताक्षर हुने बताइए पनि त्यसको बारेमा पूर्ण विवरण नेपाल सरकारले अझै सार्वजनिक गरेको छैन ।

१०० मुलुकका प्रतिनिधिहरु सहभागी हुने उक्त कार्यक्रमको चीनका राष्ट्रपति सीले उद्घाटन गर्ने बताइएको छ ।

अन्तर्राष्ट्रिय स्तरको कूटनीतिक कार्यक्रम हुन लागिरहेको बताउँदै चीन सरकारले पनि यसलाई महत्व दिएको बताइएको छ ।


उनले त्यहाँ रहँदा चिनियाँ समकक्षी सी जिनपिङसँग पनि भेटवार्ता गर्ने कार्यक्रम बनाइएको छ ।