काठमाडौँबाट खोटाङ जादै गरेको बस दुर्घटना

खोटाङ | काठमाडौँबाट खोटाङको दिक्तेल जाँदै गरेको बस हलेसीमा दुर्घटना भएको छ। दुर्घटनामा परी हुंदा १ जनाको मृत्यु भएको छ ।
काठमाडौँबाट यात्रु बोकेर दिक्तेल जाँदै गरेको ना ४ ख ७४११ नम्बरको बस सोमबार राती ११ बजेतिर हलेसी नजिकै रिट्ठाबोटेमा दुर्घट्ना हुंदा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ चिउरीडाँडा दोर्पाका ३२ वर्षीय पर्जबहादुर राईको मृत्यु भएको हो । दुर्घट्नामा शक्त घाईते भएका उनलाई एम्बुलेन्स मार्फत उपचारका लागि दिक्तेल लैजाने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङजनाएको छ ।
दुर्घटनामा १४ जना यात्रु घाईते भएको छन् । केहि घाइतेको काठमाडौंको टिचिङ अस्पतालमा उपचार भैरहेको छ । एक जनाको जिल्ला अस्पताल दिक्तेलमा र अन्यको दुर्छिम स्वास्थ्य चौकीमा उपचार भईरहेको छ ।
दुर्घटनाको कारण खुल्न सकेको छैन ।
फाइल तस्बिर

