सीके राउतले औकातको कुरा गरेपछि... - Himal Post Himal Post
  • २९ पुष २०८१, सोमबार
  •      Mon Jan 13 2025
Logo

सीके राउतले औकातको कुरा गरेपछि…



सिरहा । जनमत पार्टी अध्यक्ष डा. सीके राउतले मधेसवादी दलको पसल बन्द हुन लागेपछि भ्रम फैलाउन थालेको आरोप लगाएका छन् ।

सिरहा मिर्चैयामा शनिबार आयोजित पार्टी प्रथम जनसभालाई सम्बोधन गर्दै राउतले मधेसवादी नेताले फैलाइरहेको भ्रममा नपर्न मधेसी जनतासँग अपिलसमेत गरे । ‘कसैको पसल त कसैको ठेकेदारी बन्द हुन लागेको छ,’ उनले भने, ‘त्यसैले उनीहरू जनतामा भ्रम फैलाउँदै हिंडेका छन् ।’

राउतले सरकारसँग भएको सम्झौताबारे प्रश्न गर्न मधेसवादी दलका नेताको औकात नभएको टिप्पणी पनि गरे । ‘सरकारसँग होइन, सरकारले नै सम्झौता गरेको हो, विजयी पनि हासिल भयो,’ उनले भने, ‘मधेसी जनताको अधिकारका लागि स्वराजी ज्यान दिन तयार छन्, उनी फाँसीको फन्दा लगाएर हिंडेका छन् ।