नुवाकोटमा सवारी दुर्घटना, दुई घाइते : एक जना गम्भीर - Himal Post Himal Post
  • २ श्रावण २०८३, शनिबार
  •      Sat Jul 18 2026
Logo

नुवाकोटमा सवारी दुर्घटना, दुई घाइते : एक जना गम्भीर



नुवाकोट : नुवाकोटको विदुरमा बिहीबार भएको सवारी दुर्घटनामा दुई युवक घाइते भएका छन्।एकको अवस्था गम्भीर छ। बिदुर नगरपालिका-४ लोकत्रान्त्रिक चोक नजिकै ढुङ्गेबाट बट्टार बजारतर्फ जाँदै गरेको बा१ज ९३४४ नम्बरको माइक्रोबसले र विपरित दिशाबाट आउँदै गरेको बा ८६प ९२१४ नम्बरको मोटरसाइकललाई ठक्‍कर दिँदा मोटरसाइकलमा सवार चालकसहित दुईजना गम्भीर घाइते भएका हुन्।

माइक्रोबसले मोटरसाइकललाई ठक्‍कर दिँदा विदुर नपा- ९ कोलोनीका २१ वर्षीय राजकुमार ढकाल र उनका साथी २९ वर्षीय सन्तोष तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता तथा प्रहरीले जनाएको छ ।

घटनालगत्तै माइक्रो फाइनान्स गलत दिशाबाट ओभरटेक गर्दा मोटरसाइकलमा सवार युवालाई घाइते बनाएको भन्दै आक्रोशित स्थानीयले माइक्रोबस ताडफोड गरिदिएका छन्। तत्काल उपचारका लागि विदुरस्थित विदुर सिटी अस्पताल एण्ड रिसर्च सेन्टरमा पुर्‍याए पनि त्यहाँ उपचार संभव नभएपछि दुवै घाइतेलाई डाइनेष्टि एयरको हेलीकप्टरबाट काठमाडौंस्थित ग्राण्डी अस्पताल पठाइएको छ।

घाइतेमध्ये ढकालको अवस्था गम्भीर छ।उनको खुट्टा, टाउको र खुट्टामा चोट लागेको छ। माइक्रोबस प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार रहेका छन्।