पूर्वराजाको सुरक्षामा खटिएको गाडीको ठक्करबाट एकको मृत्यु - Himal Post Himal Post
  • २ श्रावण २०८३, शनिबार
  •      Sat Jul 18 2026
Logo

पूर्वराजाको सुरक्षामा खटिएको गाडीको ठक्करबाट एकको मृत्यु



काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा खटिएको जीपको ठक्करबाट मोरङमा १ जनाको मृत्यु भएको छ । पूर्वराजाको सुरक्षाकर्मीको बा ३ च ७९६२ नम्बरको जिपले को १५ प ९९७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइलमा सवार एक जनाको मृत्यु भएको हो ।

मोरङको सुन्दरहरैंचा नगरपालिका-४ मा बुधबार साँझ करिब ७ बजे उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ । मृत्यु हुनेमा इटहरी उपमहानगरपालिका ८ का २२ वर्षीय हेम चौधरी रहेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठले बताए ।

सोही ठेगाना भएका घाइते २१ वर्षीय प्रकाश चौधरीको विराटनगरस्थित विराट नर्सिङ होममा उपचार भइरहेको डिएसपी श्रेष्ठले बाह्रखरीलाई जानकारी दिए । यसअघि पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको सुरक्षामा खटिएको गाडीले काठमाडौंको बानेश्वरमा एक स्कुटीलाई ठक्कर दिएको थियो ।