सरकार विदेशी दलालको इसारामा : पुन - Himal Post Himal Post
  • ११ पुष २०८१, बिहीबार
  •      Thu Dec 26 2024
Logo

सरकार विदेशी दलालको इसारामा : पुन



प्रकाश मिश्र / सुुुखड ,कैैैलाली ।

नेत्र बिक्रम चन्द (बिप्लब ) को नेतृत्वमा रहेको नेकपाका पोलिटब्युरो सदस्य ओम प्रकाश पुनले सरकार विदेशी दलालको इसारामा चलेको आरोप लगाएका छ्न । बुधबार कैलालिको घोडाघोडी नगरपालिकामा पत्रकारसंग कुरागर्दै पुनले यस्तो आरोप लगाएका हुन् ।

उनले समाजबादको मुद्दा लिएर क्रान्ती गरिरहेको दललाइ प्रतिबन्ध लगाउनु र देश टुक्राउछु भन्दै हिड्ने समुहका नाइके सिके रावतलाइ स्वागत गरेसंगै अंगिकृतका सन्तानलाइ वंशजका आधारमा नागरिकता दिने निर्णय गर्नुले विदेशी दलालको इसारामा चलेको प्रस्ट भएको आरोप लगाए ।

उनले आफुहरु शान्तीपुर्ण आन्दोलन र संघर्षबाट समाजबाद स्थापित गर्न क्रान्ती गरिरहेका बेला घोषित रुपमा नै प्रतिबन्ध लगाएर सरकारले आफुहरुलाइ जबर्जस्ति हतियार उठाउन बाध्य पारेको बताए । सरकारको यस्तै रबैया रहे सरकारले आफुहरुमाथी रहेको प्रतिबन्धको प्रतिबादमा उत्रने चेतावनी समेत दिए । राज्यलेनै युद्दको घोषणा गरेपछी आफुहरु त्यसको प्रतिबादको तयारिमा जुटेको पुनले बताए ।

सरकारले जसरी आफुहरुलाइ प्रतिबन्ध लगाएको छ अब हामी त्यसरिनै सरकार र सरकारका कृयाकलापलाइ प्रतिबन्ध लगाउने योजनामा लाग्छौ । उनले भने , स्थानिय स्तरमा जनप्रतिनिधी आइसकेपछी भ्रस्टाचार झन धेरै मौलाएको उल्लेख गर्दै पुनले अब गाउगाउका जनप्रतिनिधिलाई आफुहरुले प्रतिबन्ध लगाउने चेतावनी दिए । पुनले जनताको करबाट आएको रकमले बिलासी जीवन बिताइरहेका जनप्रतिनिधिलाई सचेत रहन चेतावनी दिए ।

राज्यले आफ्ना नेता तथा कार्यकर्तालाइ जथाभावी रुपमा धरपकड गरेको र पक्राउ परेका कार्यकर्ताहरुलाइ नछोडेकोमा आक्रोस पोख्दै आफ्ना कार्यकर्तालाइ बिना सर्त रिहाइ नगरे सरकारले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिए ।