घोडाघोडी क्याम्पस संचालन समितिको अध्यक्षमा आचार्य - Himal Post Himal Post
  • २ श्रावण २०८३, शनिबार
  •      Sat Jul 18 2026
Logo

घोडाघोडी क्याम्पस संचालन समितिको अध्यक्षमा आचार्य



विशाल पाण्डेय / सुखड,कैलाली ।
जिल्लाको घोडाघोडी नगरपालिका- १ सुखडमा रहेको घोडाघोडी बहुमुखी क्याम्पसको क्याम्पस सञ्चालक समितीको अध्यक्षमा सिद्ध आचार्य निर्वाचित भएका छन् ।

केहिबेर अघि सम्पन्न भएको मतगणनामा सिद्ध आचार्यले आफ्ना प्रतिद्वन्दी सिद्ध राज ओझालाई ६८ मतले पराजित गर्दै समितिको अध्यक्षमा निर्वाचित भएका हुन् । निर्वाचित आचार्यको १७२ मत आएको थियो भने प्रतिद्वन्दी ओझाको १०४ मत आएको छ ।

त्यस्तै उपाध्यक्ष तर्फ ३७ मतले सरोज न्युरे बिजयी भएका छन् । न्युरेको १५५ मत आएको छ भने प्रतिद्वन्दी खगु देबि बाेहरा(सुनिता) को ११८ मत आएको छ ।

यस्तै सदस्यहरुमा क्रमश : तिलकराम सापकोटा , कुश प्रसाद तिवारी र दिपक राज जोशी बिजयी भएका छन् । उनिहरुको क्रमशः १६१, १५७ र १५३ मत आएको छ ।

यसअघि नै लेखा समिति संयोजकमा तारा प्रसाद शर्मा , लेखा समिति सदस्य जनक के.सी , प्रेमराज सापकोटा तथा सदस्यहरुमा रुपलाल डगौंरा , टिका अम्मै, जगत विक निर्विरोध निर्वाचित भइसकेका थिए ।

निर्वाचनमा घोडाघोडी बहुमुखी क्याम्पसका ३ सय ५७ जना सदस्यहरुले मतदान गर्न पाउने भएपनी जम्मा २९० जनाले मतदान गरेका थिए ।