कांग्रेस र राप्रपाका नेता तथा कार्यकर्ता नेकपा प्रवेश : प्रचण्डले गरे स्वागत - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

कांग्रेस र राप्रपाका नेता तथा कार्यकर्ता नेकपा प्रवेश : प्रचण्डले गरे स्वागत



नेपाली कांग्रेस र राप्रपा परित्याग गरी नेकपामा प्रवेश गर्ने दर्जनौं नेता तथा कार्यकर्तालाई आज नेपाल कम्यनिष्ट पार्टी(नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वागत गरेका छन्।

चितवनको माडीमा आयोजित एक कार्यक्रममा अध्यक्ष प्रचण्डले अबिर र हँसिया हतौडा अंकित टोपी लगाइ पार्टीमा स्वागत गरेका हुन्। प्रचण्ड आज चुनाव जितेपछि पहिलोपल्ट माडी पुगेका हुन् ।

यसरी प्रवेश गर्नेहरूमा माडी नगरपालिका वडा नं. १ का नेपाली कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताहरु उत्तम न्यौपाने, अर्बिन काफ्ले र दशरथ भण्डारी रहेका छन्। त्यसैगरी राप्रपाबाट सुरज कार्की, मनोज राई, प्रेम न्यौपाने, राजकुमार राई, डोरबहादुर कार्की, श्याम नेपाली, विशाल सापकोटा, नवराज राई, भिमबहादुर राई, सुजन कुमाल, जीवन नेपाली, रवीन्द्र कार्की यन्द्र प्रसाई, प्रताप प्रसाई, दुर्गा प्रसाई, रोशन भट्टराई, हेम राई, गोपाल नेपाल नेकपामा प्रवेश गरेका छन्