घोडाघोडी क्याम्पस संचालन समितिको निर्वाचनमा जे देखियो (फोटो फिचर सहित)

विशाल पाण्डेय / सुखड,कैलाली ।
जिल्लाको मध्यवर्ती क्षेत्रमा रहेको घोडाघोडी बहुमुखी क्याम्पसमा नयाँ नेतृत्वको लागि आज निर्वाचन जारी छ ।
बिहान ८ बजेबाट सुरु भएको निर्वाचनका लागी क्याम्पस संचालन समितिको अध्यक्ष पदमा सिद्व आचार्य र सिद्वराज ओझाको प्रतिस्पर्धा चलिरहेको छ । अध्यक्ष निर्वाचनका उम्मेदवार आचार्य विद्यार्थी युवा नेता हुन भने ओझा समाजसेवी हुन् ।
निर्वाचनमा अध्यक्ष सिद्ध आचार्यको प्यानलको उपाध्यक्षमा खगु देबि बाेहरा(सुनिता) रहेकी छन् भने सिद्बराज ओझाको प्यानलमा उपाध्यक्ष तर्फ सरोज न्युरे रहेका छन् । उपाध्यक्ष बोहरा र न्युरे बिच समेत प्रतिस्पर्धा चलिरहेको छ ।
मध्यान्न १२ बजे सम्म चल्ने निर्वाचन दिउँसो करिब २ बजेबाट मतगणना सुरु गरिने निर्वाचन समितीले जनाएको छ । निर्वाचनमा घोडाघोडी बहुमुखी क्याम्पसका ३ सय ५७ जना मतदाता रहेको मध्य अहिलेसम्म करिब २ सय जनाले मतदान गरेका छन् ।



