प्रचण्ड एकाएक किन पुगे माडी ? - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

प्रचण्ड एकाएक किन पुगे माडी ?



नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज (बुधबार) चितवनको माडीमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागि हुँदैछन्।

बसन्तपुरमा रहेको माडी क्याम्पसको क्याम्पस सभा र स्थानीय विभिन्न कार्यक्रममा सहभागि हुन प्रचण्ड बुधबार बिहान माडी गएका हुन्।

प्रचण्डसँगै शिक्षामन्त्री गिरीराजमणी पोखरेल तथा भौतिक योजनामन्त्री रघुबीर महासेठ पनि माडी गएका छन्।

प्रचण्ड निर्वाचित भएपछि पहिलो पटक माडी गएकाले स्थानीयबासीसँग अन्तक्रिया गर्ने कार्यक्रम समेत रहेको नेकपाका युवा नेता ओमनाथ पाण्डेले जानकारी दिए।

अध्यक्ष प्रचण्डले निर्वाचनको बेला दिएका विभिन्न आश्वासको विषयमा माडी बासीले पुनःस्मरण गराउने तयारी समेत गरेका पाण्डेले बताए।