उद्योगी गोल्छाको निधन - Himal Post Himal Post
  • २ श्रावण २०८३, शनिबार
  •      Sat Jul 18 2026
Logo

उद्योगी गोल्छाको निधन



काठमाडौं । उद्योगी दिवाकर गोल्छाको निधन भएको छ । गएराति भारतमा उपचारको क्रममा उनको निधन भएको हो । भारतको चेन्नईमा उनको किड्नी ट्रान्सप्लान्ट गरिएको थियो ।  २०६४ सालमा नेपाली कांग्रेसबाट संविधानसभामा प्रतिनिधित्व गरेका गोल्छाको ६७ वर्षको उमेरमा निधन भएको हो ।

खाद्यान्न, सुगर मिल, हुलास जस्तापातालगायतका उद्योग उनले नै स्थापना गरेका थिए ।  पारिवारिक स्रोतका अनुसार राति साढे १२ बजे उनको निधन भएको हो । उनी एक वर्षदेखि किड्नीको बिरामी थिए ।