डडेल्धुरामा बस दुर्घटना,३१ जना घाइते - Himal Post Himal Post
  • २ श्रावण २०८३, शनिबार
  •      Sat Jul 18 2026
Logo

डडेल्धुरामा बस दुर्घटना,३१ जना घाइते



डडेल्धुरा – डडेल्धुराको अमरगढी नगरपालिका–११ धनगाड नजिक बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन्। घाइते मध्ये एक जना गम्भीर घाइते छन्।

धनगढीबाट अछामका लागि छुटेको ना ४ ख ६८३६ नम्बरको बस केआइसिंह राजमार्गमा पर्ने धनगाड भन्ने स्थानमा राति करिब २ः३० बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। बस ब्रेक फेल भएर मोडमै पल्टेको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए।

घाइते ३० जनाको डडेल्धुरा अस्पताल डडेल्धुरामा उपचार भइरहेको छ भने गम्भीर घाइते कञ्चनपुरको कृष्णपुरकी ६१ वर्षीया शान्ति दियाललाई धनगढी रेफर गरिएको छ।

दुर्घटनामा घाइतेहरु अधिंकाश अछामका रहेको बुझिए भएपनि अहिलेसम्म घाइतेहरुको परिचय नखुलेको जिल्ला प्रहरी कार्यालय प्रहरीले जनाएको छ। बसमा ५० जना भन्दाबढी सवार रहेका बताइएको छ भने बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।