प्रशासन र प्रहरी कार्यालयविरुद्ध अदालतमा रिट - Himal Post Himal Post
  • २ श्रावण २०८३, शनिबार
  •      Sat Jul 18 2026
Logo

प्रशासन र प्रहरी कार्यालयविरुद्ध अदालतमा रिट



संखुवासभा । जिल्ला प्रशासन कार्यालय संखुवासभा र जिल्ला प्रहरी कार्यालय संखुवासभा विरुद्ध उच्च अदालत विराटनगरको धनकुटा इजलासमा रिट निवेदन दर्ता भएको छ ।

शक्ति पिक म्युजिक फेस्टिवल प्रा.ली काठमाडौँले संखुवासभाको मादी नगरपालिका क्षेत्रमा ९ रोकेडाडाँ तिनजुरे मिल्के जलजले क्षेत्रमा आयोजना गरेको अन्र्तराष्ट्रिय संगित महोत्सव रोकेको भन्दै रिट दर्ता गराएका छन् ।

आयोजक शक्ति पिक म्युजिकको तर्फबाट खोटाङ दिक्तेल नगरपालिका ७ का शुभाष केसी र धनकुटा नगरपालिका वडा नं ६ का मान प्रकास खड्काले रिट दर्ता गरेका हुन् ।

जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई विपक्षी बनाई दर्ता गरेको रिटमा विदेशी पाहुनाहरु नेपाल आइसकेको र यो अवस्थामा लाखौँ खर्च भईसकेको अवस्थामा जिल्ला प्रशासन कार्यालयले कार्यक्रम नगर्नको लागि गरेको आदेश नेपालको संविधानको धारा १८, २५, ३० ३२ मुलुकी देवानी संहिता ऐन २०७४ को दफा १७, १८,२०(क)(ख)(घ) मा भएको कानुनी व्यवस्था विपरित भएको उल्लेख गरिएको छ ।

रिटमा भनिएको छ जिल्ला प्रशासन कार्यालय संखुवासभाका प्रमुख जिल्ला अधिकारीले कसैको बहकाईमा लागि यो संस्थाको गतिविधिको बारेमा गम्भीर आरोप लगाउनु भन्दा एक पटक सुनुवाईको मौका समेत नदिई लगाइएको आरोप गैर कानुनी, आधारहिन छ, यो संस्थाले लागु पर्दाथको कारोबार गर्ने र अश्लिल गतिविधि गर्नका लागि कम्पनि रजिष्टारको कार्यालयमा दर्ता नभएको उल्लेख छ ।

उच्च अदाल धनकुटामा परेको रिटको बारेमा आफुलाई जानकारी नभएको प्रमुख जिल्ला अधिकारी गणेश वहादुर अधिकारीले बताए । यदि रिट जारी भएर कुनै जानकारी आएमा कानुनी जवाफ दिने तयार रहेको बताए ।

आयोजक पक्राउ
यसैबीच शक्ति पिक इन्टरनेशनल म्यूजिक फेस्टिभल प्रा.लि.काठमाडौँका अध्यक्ष सुवास के.सी. प्रकाउ परेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनलाई गत २२ गते डि.जे. म्यूजिकका सामान सहित जिल्लाको प्रवेश स्थल टुटेदेउरालीमा आई कार्यक्रम स्थलतर्फ जान लाग्दा प्रहरी प्रशासन बिरुद्ध नारावाजी गरी अश्लिल शब्दहरु समेत प्रयोग गरेको भन्दै प्रहरीले प्रकाउ गरि सोमबार सार्वजनिक गरेको हो ।

उनलाई मुलुकी अपराध (संहिता) ऐन, २०७४ बमोजिम थप अनुसन्धान भई रहेको संखुवासभाका प्रहरी प्रमुख श्याम कुमार सारु मगरले जानकरी दिए ।