फोरमले सत्तामै बसेर सर्वोच्चको आदेश जलायो - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

फोरमले सत्तामै बसेर सर्वोच्चको आदेश जलायो



बीरगञ्ज। सत्तारुढ संघीय समाजबादी फोरम नेपाल, सर्वोच्च बिरुद्धको अन्तरिम निर्णय विरुद्ध आन्दोलनमा उत्रिएको छ। जन्मको आधारमा नागारिकता पाएकाका सन्तनालाई वंशजको नागरिकता दिने गृहमन्त्री रामबहादुर थापाको निर्णय सर्वोच्चले तत्कालका लागि रोकिदिपछि सत्तासिन फोरम अदालत बिरुद्ध उत्रिएको हो। फोरमका कार्यकर्ताले मंगलबार बीरगञ्जमा अदालतको अन्तिरिम आदेशको प्रतिलिपि जलाएका छन्।

सर्वोच्चको निर्णय मधेशी विरोधी भएको भन्दै समाजवादी फोरम बीरगन्ज महानगर समितिले, प्रर्दशन सहित घन्टाघर चोकमा, सर्वोच्च बिरुद्ध नाराबाजी गर्दै, अन्तिरिम आदेशको प्रतिलिपि लगाएको हो। फोरम कार्यकर्ताले सर्वोच्च अदालतको निर्णय नसच्याए आन्दोलन चर्काउने धम्की समेत दिएका छन्।

फोरमका बीरगञ्ज महानगर अध्यक्ष ईश्वर यादवले, लाखौं मधेसी युवा नागरिकता नपाएर बेरोजगार बनेको भन्दै निर्णय नसच्चिए आन्दोलमा जानुको विकल्प नहुने चेतावनी दिए।