कोदालोले हानेर सासुको हत्या
कञ्चनपुर– एक व्यक्तिले कोदालो प्रहार गरी सासुको हत्या गरेका छन् । लालझाडी गाउँपालिका–१ बिनावारीका २५ वर्षीय निरज रानाले कोदालो प्रहार गरेर आफ्नै दाईको सासुको हत्या गरेका हुन् ।
जग्गा सम्बन्धी विवादमा रानाले सासुमाथि कोदालो प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
विगतदेखि विवादित जग्गामा खन्न भन्दै राना कोदालो लगेर गएका थिए । त्यही क्रममा सासुले त्यो विवादित जग्गा हो त्यहाँ नखन्न भन्दा विवाद भएको थियो । विवादले चर्को रुप लिएपछि रानाले सासुमाथी कोदालो प्रहार गरेको र बासमतीको घटनास्थलमै ज्यान गएको हो ।
हत्या गर्ने निरजलाई नियन्त्रणमा लिएर थप अनुसन्धानको लागि जिल्ला झिकाईएको छ । भने घटनाबारे इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तिले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

