रौतहटमा आजपनि हावाहुरीको ताण्डव : महिलाको ज्यान गयो - Himal Post Himal Post
  • २ श्रावण २०८३, शनिबार
  •      Sat Jul 18 2026
Logo

रौतहटमा आजपनि हावाहुरीको ताण्डव : महिलाको ज्यान गयो



रौतहटमा मंगलबार बिहान आएको हावाहुरीबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देवाही गोनाही नगरपालिका–३ देवाहिटोलका धनेशराम चमारकी श्रीमती ६६ वर्षीया रमसखरीया देवीरामको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार घरको उडाएको टाली खसेर उनको मृत्यु भएको थियो । हावाहुरीसँगै आएको असिना पानीले स्थानीयका घरहरुका छाना उडेका छन् भने रुखहरु ढलेका छन् ।