शेखर कोइरालाले भने : अब कांग्रेस रहन्न - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

शेखर कोइरालाले भने : अब कांग्रेस रहन्न



गाइघाट– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले नेपाली कांग्रेसभित्र चरम गुटबन्दी भइरहेका कारण पार्टीको भविष्य सङ्टकमा परेको बताएका छन् ।

उदयपुर जिल्लाको सदरमुकाम गाईघाटस्थित गिरिजाप्रसाद कोइराला फाउण्डेशन (जिपी फाउण्डेशन) को नयाँ कार्यालय स्थापनाको अवसरमा डा. कोइरालाले पार्टीको मूल नेतृत्वकर्ताहरु नै अहिले विभिन्न गुटउपगुटमा लागेका कारण केन्द्रदेखि जिल्ला–जिल्लासम्म कांग्रेस साह्रै कमजोर बन्ने अवस्था आएको बताए ।

केन्द्रीय सदस्य कोइरालाले हिजो पार्टीका संस्थापक नेता विपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाले देखाएको बाटोहरु बिर्सेर आज कांग्रेस नेतृत्वमा रहेकाहरु एक्लाएक्लै हिँड्न खोज्दा पार्टी कमजोर बन्न पुगेको जिकिर गरे ।

अहिलेको जस्तो अवस्था रहिरहे आगामी दिनमा कांग्रेसको भविष्य सङ्कटमा पर्ने र देश नै अराजकतर्फ जाने धारणासमेत नेता कोइरालाको थियो ।