कैलालीमा मिनी ट्रकको ठक्करबाट पाँच बर्षीय बालकको मृत्यु
हिमाल पोस्ट / कैलाली ।
कैलालीमा मिनि ट्रकको ठक्करबाट पाँच बर्षीय बालकको मृत्यु भएको छ ।
पुर्व पश्चिम् राजमार्ग अन्तरगत लम्कीचुहा नगरपालिका- १ मा आज साझ करिब ५:१५ बजे मिनि ट्रकले ठक्कर दिदा
पाँच बर्षिय जन्नत विष्टको मृत्यु भएको ईलाका प्रहरी कार्यालय मोतिपुरले जनाएको छ ।
पश्चिमबाट पुर्व जादै गरेको बा १९ च ४२८५ नम्बरको मिनि ट्रकले ठक्कर दिदा घाईते भएका बिष्टलाई लालरत्न अस्पतालमा उपचार हुन नसकेपछि टिकापुर अस्पताल रेफर गरिएको थियो । साझ टिकापुर अस्पतालमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । मिनि ट्रक चालक ज्ञान बहादुर खत्री र ट्रक प्रहरीको नियन्त्रणमा रहेको छ ।

