शेखर कोइरालाले देउवालाई लगाए यस्तो आरोप - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

शेखर कोइरालाले देउवालाई लगाए यस्तो आरोप



गाईघाट : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टी नेतृत्व विधान विपरित हिँडेको आरोप लगाएका छन् ।

गिरीजाप्रसाद कोइराला (जीपी) फाउण्डेशन उदयपुर जिल्ला कार्यालयको सोमबार उद्घाटपछि आयोजित सभालाई सम्बोधन गर्दै कोइरालाले यस्तो बताएका हुन् ।

आगामी माहाधिवेशनबाट पार्टीको केन्द्रीय नेतृत्व परिवर्तन गर्ने निश्चित भएपछि महासमितिको बैठकबाट भएका निर्णयसमेत केन्द्रीय नेतृत्वले उल्टाउँदै हिँड्को नेता कोइरालाको आरोप छ ।

‘महासमितिभन्दा केन्द्रीय समिति कदापि पार्टीको माथिल्लो तह हुन सक्दैन,’ उनले भने, ‘महासमितिले गरेका निर्णय उल्टाइनु भनेको पार्टीको विधान विपरितको काम मात्र नभइ १४ औं महाधिवेशन पनि निर्धारित मितिमा नगराउने कुचेष्टा हो ।’

नेताहरुले केन्द्रमा बसेर चरम गुटबन्दी चलाएका कारण गाउँ र जिल्ला तहका कार्यकर्तालाई समेत गुट उपगुटमा विभाजन गरेको भन्दै सिङ्गो पार्टीलाई अवतरण गराउन अहिलेको नेतृत्वबाट सम्भव नभएकोले आपूm नेतृत्व परिवर्तनको पक्षमा उत्रिएको उनले बताए ।