छोरीलाई बलात्कार गर्ने सौतेनी बुबा पक्राउ - Himal Post Himal Post
  • २ श्रावण २०८३, शनिबार
  •      Sat Jul 18 2026
Logo

छोरीलाई बलात्कार गर्ने सौतेनी बुबा पक्राउ



भक्तपुर – महानगरिय प्रहरी परिसर भक्तपुरले आफ्नै सौतेनी छोरीलाई जबरजस्ती करणी गर्दै आएको आरोपमा एक जनालाई नियन्त्रणमा लिएको छ ।

रामेछाप उमाकुण्ड गाउँपालिका–१ घर भई हाल चागुँनारायण नगरपालिका–२ दुवाकोट बस्ने बर्ष ३५ व्यक्तिलाई आईतबार पक्राउ गरेको परिसर भक्तपुरका सूचना अधिकारी प्रनाउ रेवती रमण पोखरेलले जानकारी दिएका छन् ।

१५ वर्षे सौतेनी छोरीलाई विगत २ बर्ष देखी डर त्रास देखाई आफ्नै घरमा पटक–पटक जबरजस्ती करणी गर्दै आएको उजुरी प्रहरी वृत्त ठिमीमा बालिकाकी आमाले दिएकी थिइ्न ।

प्रहरीले उजुरीको आधारमा सौतेनी बुबालाई नियन्त्रणमा लिई सोमबार जबरजस्ती करणी मुद्दामा अदालतबाट म्याद थप गरी अनुसन्धान कार्य गरिहेको प्रनाउ पोखरेलले बताए ।