धरानमा यात्रुबस दुर्घटना : चार जनाको मृत्यु, ३८ घाइते

सुनसरीको धरानमा यात्रुबस दुर्घटना हुँदा एक शिशुसहित चार जनाको मृत्यु भएको छ । दुर्घटनामा अरु ३८ यात्रु घाइते भएका छन् ।
झापाको बुधबारेबाट धरान आउँदै गरेको ना७ख २७१३ नम्बरको बस धरान उपमहानगरपालिका–१३ स्थित जिरो प्वाइन्टमा दुर्घटना भएको हो । दुर्घटनामा दुई पुरुष, एक बालिका र उनकी आमाको निधन भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय धरानका प्रमुख प्रहरी नायव उपरीक्षक सुमन तिमल्सिनाका अनुसार मृत्यु हुनेमा मोरङ केरावारी गाउँपालिका–९ की २० वर्षीया यमकुमारी मगर, उनकी छोरी पाँच महिनाकी डेनी मगर, धनकुटा चौविसेका ५६ वर्षीय दलबहादुर मगर र बस चालक धरान–१५ का चक्रबहादुर गुरुङ रहेको जानकारी दिए ।
चालक गुरुङ र बालिकाको घटनास्थलमै र अन्यको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा निधन भएको हो ।
फाइल तस्बिर

