ओलीले रक्षामन्त्रीलाई सरप्राइज दिएपछि... - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

ओलीले रक्षामन्त्रीलाई सरप्राइज दिएपछि…



प्रधानमन्त्री केपी शर्मा ओलीले उपप्रधानमन्त्री इश्वर पोखरेललाई सरप्राइज दिएका छन् । घटना अल्ली अचम्मको छ र यस्ता घटना पछिल्लो समय चल्तीमा छन् ।

तर, सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले नै मन्त्री परिषदको बैठकबारे जानकारी दियो। तर, मन्त्री परिषदले कुनै महत्वपूर्ण निर्णय गरेकाले सोहीबारे जानकारी दिन होइन, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको जन्मदिनका दिन बैठक भएकाले प्रमको सचिवालयले त्यसबारे जानकारी दिएको हो।

प्रम सचिवालयका अनुसार सोमबार अपरान्ह प्रधानमनत्री निवास बालुवाटारमा बोलाइएको मन्त्री परिषद बैठकको सुरुमै प्रधानमन्त्रीले केक काटेर उपप्रधानमन्त्री पोखरेललाई खुवाएका थिए।

‘उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलको जन्मदिनको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्प गुच्छा सहित केक खुवाएर पोखरेललाई जन्मदिनको शुभकामना दिनुभएको थियो’ प्रम ओलीको सचिवालयले भनेको छ ‘बैठकमा उपस्थित अन्य मन्त्रीहरुले पनि पोखरेललाई जन्मदिनको शुभकामना दिनुभएको छ।’