बैद्यले भने : ओली र प्रचण्ड कम्युनिष्ट हुँदै होइनन - Himal Post Himal Post
  • २ चैत्र २०८१, आईतवार
  •      Sun Mar 16 2025
Logo

बैद्यले भने : ओली र प्रचण्ड कम्युनिष्ट हुँदै होइनन



नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई कम्युनिष्ट नेतृत्वको सरकार भन्न नमिल्ने दाबी गरेका छन् ।

नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाउने वर्तमान सरकारलाई कम्युनिष्ट नेतृत्वको सरकार भन्नै नमिल्ने महासचिव वैद्यको तर्क छ ।

काठमाण्डुमा आयोजित एक कार्यक्रममा उनले चन्द नेतृत्वको नेकपा राजनीतिक पार्टी भएकाले त्यस समस्याको समाधान राजनीतिक रुपमै गर्न पनि सरकारलाई दबाब दिए ।

महासचिव वैद्यले प्रधानमन्त्री ओलीले देशको धरातलीय यथार्थलाई भुलेर गरिबी अन्त्य गर्ने घोषणा गर्दै हिँडेको दाबी पनि गरे ।