चित्रबहादुरले भने : नेकपाहरू भारतका गुलाम हुन् - Himal Post Himal Post
  • ९ माघ २०८१, बुधबार
  •      Wed Jan 22 2025
Logo

चित्रबहादुरले भने : नेकपाहरू भारतका गुलाम हुन्



राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नागरिकता विधेयक खारेज नगरिए देश हेर्दाहेर्दै सिक्किमीकरण हुने बताएका छन् ।

अखिल नेपाल शिक्षक संघ पाँचौं राष्ट्रिय परिषदलाई आज बुटवलमा सम्बोधन गर्दै अध्यक्ष केसीले विदेशीलाई नागरिकता दिलाएर नेपाललाई फिजीकरण र सिक्किमीकरण बनाउने खेल भइरहेको दाबी गरे । उनले भने, ‘देश फिजीकरण, सिक्किमीकरण हुनेवाला छ, मैलै तपाईंहरूलाई उत्तेजित बनाउन भनेको होइन ।’

उनले जन्मको आधारमा नागरिकता दिने सरकारको पछिल्लो निर्णय राष्ट्रघाती कदम भएको टिप्पणी गर्दै संसदमा छलफलकै क्रममा रहेको नागरिकता विधेयकलाई लत्याएर सरकारले प्रमुख जिल्ला अधिकारीमार्फत विदेशीलाई नागरिकता बाँड्ने काम गरेको आरोप लगाए ।

‘अंगीकृतबाट जन्मिएकालाई वंशजको नागरिकता किन दिनुको पछाडिको कारण के हो ?,’ केसीले प्रश्न गरे, ‘सांसद बनाउन छेकेको थिएन, अब राष्ट्रपती बनाउन वंशज बनाउने खेल भएको हो ।

‘हिजोको शासकहरूको जुन गति थियो, नेकपाहरू पनि उतै (भारत)कै दबाबमा परे । सीडीओले धमाधम नागरिकता बाँड्न थाले अब नेपाली नै अल्पमतमा पर्नेवाला छन्’ उनले थपे ।

संघीयता नेपाली जनताको समृद्धिका लागि नभएको पनि केसीले दाबी गरे । अध्यक्ष केसीले शिक्षामा भएको निजीकरणले देशमा जनशक्ति बस्ने वातावरण नरहेको बताए ।