कमल थापाको र्‍यालीमा प्रहरीको हस्तक्षेप, नियन्त्रण पछी रिहा - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

कमल थापाको र्‍यालीमा प्रहरीको हस्तक्षेप, नियन्त्रण पछी रिहा



राप्रपा नेपालले सोमबार काठमाडौंमा निकालेको -यालीमा प्रहरीले हस्तक्षेप गर्दा झडप भएपछि अध्यक्ष कमल थापासहितका नेताहरूलाई प्रहरीले केही समय नियन्त्रणमा लिएर छाडेको छ ।

राप्रपा नेपालले निकालेको विरोध प्रदर्शनका क्रममा अध्यक्ष थापासहित उपाध्यक्षद्वय  वुद्धिमान तामाङ र दिपक बोहरालाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो।

‘हिन्दू राष्ट्र पुर्नस्थापनाको माग गर्दै भृकुटीमण्डपमा विरोध सभाको आयोजना गरेका थियौँ,’ राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले भने, ‘प्रदर्शनीमार्गस्थित पद्मोदय मोडमा पुगेपछि प्रहरीले एक्कासी हस्तक्षेप गर्‍यो ।’ उनले प्रहरीको प्रतिकार गरेर अध्यक्षलाई फिर्ता ल्याएको बताए ।

राप्रपाले ७ फागुनमा सरकारलाई बुझाएको २२ बुंदे ज्ञापनपत्र अविलम्व पुरा गराउन दवाव सृजनाका लागि रत्नपार्क हुँदै पुतलीसडकबाट -यालीसहित सिंहदरवार अगाडि पुगेर धर्ना दिने कार्यक्रम आयोजना गरेको थियो । -याली पद्योदय मोडमा पुग्दा प्रहरीसंग झडप भएको हो । झडपमा एक सय कार्यकर्ता घाइते भएकाे श्रेष्ठले बताए ।