योगेशको मन्त्री बन्ने योग - Himal Post Himal Post
  • १ चैत्र २०८१, शनिबार
  •      Sat Mar 15 2025
Logo

योगेशको मन्त्री बन्ने योग



काठमाडौँ । प्रचण्डको अमेरिका भ्रमणपछि पर्यटन मन्त्री नियुक्त गर्ने चर्चा थियो । २०७५ फागुन १५ गतेको हेलिकप्टर दुर्घटनामा पर्यटन मन्त्री रविन्द्र अधिकारीको निधन भएपछि अर्को पर्यटन मन्त्री नियुक्त हुन सकेको छैन । त्यसैले दुई अध्यक्ष केपी ओली र प्रचण्डबीच केही समय अघि भएको छलफल अनुसार अघिल्लो सातातिरै पर्यटनमन्त्री नियुक्त भइसक्नुपर्ने थियो । तर, त्यसअनुसार काम हुन सकेन । अहिलेसम्म पर्यटनमन्त्री नियुक्त हुन सकेको छैन । अर्थात् कसलाई बनाउने भन्ने अहिलेसम्म व्यक्ति रोज्न सकिएको छैन । त्यसले गर्दा पर्यटन वर्ष २०२० लाई समेत असर परेको छ ।

मन्त्रीहरु फेरबदल गने कि नगर्ने भन्ने विषयमा दुई अध्यक्षबीच मतभेद देखिएपछि यो प्रकृया पनि रोकिएको नेकपा स्रोतको भनाई छ । नेकपाका मन्त्रीहरुकै भनाईमा मन्त्रिपरिषद्का सदस्य फेरबदल नहुने हो भने सञ्चार मन्त्री गोकुल बास्कोटालाई लैजानबारे छलफल भएको थियो । तर, मन्त्रिपरिषद्को सदस्य फेरबदल गर्ने हो भने योगेश भट्टराईलाई पर्यटनमन्त्री बनाउनेबारे छलफल भएको स्रोत बताउँछ ।

प्रधानमन्त्रीनिकट नेकपाका केही नेताहरुमार्फत भट्टराईलाई सन्देश पठाइरहेको चर्चा छ । तर, भट्टराईले त्यसमा सहमति जनाइसकेका छैनन् । अर्थात् आफू मन्त्री भएपछि मन्त्रिपरिषद्का सदस्यहरु फेरिए भने लामो समय आफ्नो पनि काम गर्ने वातावरण नहुने हो कि भन्ने भय सांसद भट्टराईमा रहेको चर्चा छ । आजको साँघु साप्ताहिकबाट ।