मोहन वैद्य र विप्लवसँग एकता गर्न नेकपालाई चिनको यस्तो दवाव - Himal Post Himal Post
  • २३ माघ २०८२, बिहीबार
  •      Thu Feb 5 2026
Logo

मोहन वैद्य र विप्लवसँग एकता गर्न नेकपालाई चिनको यस्तो दवाव



चिनियाँ कम्युनिस्ट पार्टीले नेपालको सत्तारुढ दल नेकपासँगको सम्बन्धलाई अझै मजबुत बनाउने चाहाना राखेको छ । नेपालका अन्य कम्युनिस्ट पार्टीलाई पनि एउटै सुत्रमा बाध्न चिनियाँ नेताले नेकपालाई सुझाएका छन् ।

चीन भ्रमणमा रहेका नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङलाई चिनियाँ नेताले यस्तो सुझाव दिएका हुन् । ‘नेपालमा एउटै दलले बहुमत ल्याएर सरकार बनाएको र राजनीतिक स्थिरता आएकोमा चिनियाँ नेताले सन्तुष्टि व्यक्त गरेका छन्,’ गुरुङले बेइजिङमा ना भने,‘चिनियाँ कम्युनिस्ट पार्टीका नेताले नेकपासँग अझै सुदृढ सम्बन्ध राखेर अगाडि बढ्न चाहेको बताएका छन् ।’

भ्रमणका क्रममा चिनियाँ कम्युनिस्ट पार्टी सञ्चालन विधि र उत्पादन कार्यमा पार्टीका स्थानीय कमिटीहरुको संलग्नता गजबको रहेको आफूले पाएको जानकारी दिँदै गुरुङले यसबाट नेपालले पनि फाइदा लिन सक्ने बताए । नागरिक दैनिकबाट