जनार्दन शर्माले सरकारको बिरोध गरेपछि…
काठमाडौं, नेकपा स्थायी समिति सदस्य जनार्दन शर्माले केपी ओली नेतृत्वको वर्तमान सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाएका छन् ।
रुकुम पश्चिममा आइतबार स्वास्थ्य कार्यालयको उदघाटन गर्दै पूर्वमन्त्रीसमेत रहेका शर्माले सरकार जनअपेक्षाअनुसार नचल्दा संघीयता खतरामा परेको बताए । संघीयताको अनुभूति गराउन सरकार जनअपेक्षाअनुसार चल्नुपर्ने उनको भनाइ थियो । संघीयताको अभ्यास राम्ररी हुन नसक्दा उक्त प्रणालीप्रति नै जनतामा निराशा उप्पन्न भएको भन्दै शर्माले चिन्ता व्यक्त गरे ।
‘सरकार जनभावनाअनुसार चल्न सकेन’, शर्माले भने, ‘जनअभावना अनुसार सरकार नचल्दा जनतामा संघीयताप्रति नै असन्तुष्टि र निराशा व्यक्त हुन थालेको छ ।’ शर्माले व्यवस्था नयाँ भए पनि कामकारबाही पूरानै ढर्रामा चलेकाले जनताले परिवर्तनको महसुस गर्न नसकेको बताए ।