अब सार्वजनिक यातायात रातिमा पनि चलाउनैपर्ने
काठमाडौं, काठमाडौं महानगरपालिका नगरसभाले महानगरभित्रका रूटमा चल्दै आएका सार्वजनिक यातायात राति १० बजेसम्म अनिवार्य चलाउनुपर्ने निर्णय गरेको छ । १५ दिनभित्र राजपत्रमा प्रकाशित भएपछि यो निर्णय कार्यान्वयनमा आउने महानगरपालिकाले जनाएको छ ।
‘आम यात्रुहरुको बाध्यतालाई ध्यानमा राख्दै योजना ल्याइएको बताइएको छ । अबको १५ दिन भित्रमा राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयनमा ल्याउने महानगरको तयारी छ । महानगरले पटक–पटक सार्वजनिक यातायातको सयम सीमा तोकेको भएपनि हालसम्म कार्यन्वयनमा आउन सकेको थिएन।
यातायात व्यवसायीहरुले रातिकालिन समयमा यात्रु नपाउने कारण देखाएर महानगरको नियम अवहेलना गर्दै आइरहेका थिए ।
महानगरका अनुसार कात्तिकदेखि माघ मसान्तसम्म बिहान ५ बजेदेखि राति ९ बजेसम्म र बाँकी महिनामा बिहान ५ बजेदेखि राति १० बजेसम्म सवारी साधन चलाउने पर्ने निर्णय गरेको छ ।